

दाङका स्वास्थ्यकर्मी आन्दोलित

दाङ
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा.विनोद सिंहमाथि मोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा घोराहीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले भदौ ११ गते दिउँसो डा. सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए ।
चार दिनसम्म मोसो दल्ने व्यक्ति पक्राउ नपरेपछि स्वास्थ्यकर्मीहरु लगातार विरोधका कार्यक्रम गर्दै आइरहेका छन् । सोमबार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले घटनामा संलग्नको खोजीमा डिएसपी मुकुन्द रिजालको नेतृत्वमा प्रहरी परिचालन गरिएको बताए ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मोसो दलेर चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई अभद्र व्यवहारसँगै स्वास्थ्यकर्मीको सुरक्षाको लागि सरकारले ल्याएको अध्यादेश अनुसारको मुद्दा दर्ता गरिने बताए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया