

प्रदेशसभा क्षेत्र नम्बर १ को सचीवमा उम्मेद्बारी दिने युवा नेता विशाल आचार्यको घोषणा


अर्घाखाँची ।
अर्घाखाँची जिल्लाका दुईवटा प्रदेशसभा( १ र २)मध्ये प्रदेश सभा क्षेत्र नम्बर १ कार्यसमितिको सचीवमा आफ्नो उम्मेद्बारी रहने युवानेता विशाल आचार्यले घोषणा गरेका छन ।
बिद्यार्थीकाल देखि ने बि संघ हुँदै नेपाली काङ्ग्रेसको राजनीति सुरु गरेका आचार्य अहिले पनि ने बि संघ जिल्ला कार्यसमिति अर्घाखाँचीको सदस्य तथा ने बि संघ सि टि ई भि टी लुम्बिनी प्रदेश सभापति समेत हुन ।
आचार्यले आफ्नो जिवनकालमा पाँच नम्बर प्रदेशमै प्राविधिक तहका सम्पुर्ण बिद्यार्थीको नेतृत्व गरीसकेका छन् । युवा नेता आचार्यले आफू १२ ओटै जिल्लामा नेतृत्व गरिसकेकाले जिल्लाको क्षेत्र नम्बर १ को सचिबमा आफू अब्बल रहेको बताउदै उक्त पदको लागि आफ्नो उम्मेद्बारी रहेको बताएका छन ।साथै आचार्यले आफू पदिय हिसाबमा सचीवमा भन्दा माथी लडन सक्ने हैसियत भएको भएपनि तत्कालिन राजनीति गर्नु भएका अन्य अग्रजहरुलाई स्थान दिदै आफू लडने बताए ।
तत्कालीन समयमा बाढीपहिरो जोखिम , बिद्यार्थीका समस्या , संगठन बिस्तार लगायत थुप्रै समाजिक कार्यमा आफ्नो अग्रसरता रहेको जनताले महसुस गरेको बताएका छ्न । जिल्लाको सितगंगा नगरपालिका , सन्धिखर्कका विभिन्न ठाउँहरु लगायत विभिन्न ठाउँमा राहत सहित जनताको घाउमा मलम लगाउन आफु तल्लीन रहेको र भोलिका दिनमा पनि अझै सक्रियताका साथ काम गर्ने बताए ।
नेता आचार्यले अहिले काङ्ग्रेस भित्र युवाहरुको सङ्ख्यामा कम सहभागिता भएको हुँदा युवामैत्री काङ्ग्रेस बनाउन र पार्टी भित्र गुटबन्दी भन्दा पनि पार्टीलाई जनताको पार्टी बनाउन आफ्नो महत्त्वपूर्ण भुमिका रहने उहाँको भनाई छ । साथै सम्पुर्ण क्षेत्रीय प्रतिनिधि तथा सुबेछ्छुकहरुले सहयोग गर्नुहुन पनि अनुरोध गर्दै आफ्नो उम्मेद्बारी घोषणा गर्नु भएको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया