

पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरी

काठमाण्डाै
पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङखला बराबरी भएको छ ।
दोस्रो टेस्टमा पाकिस्तान १ सय ९ रनले विजयी भएसँगै घरेलु टोली वेस्ट इण्डिजसँगको टेस्ट श्रृङखला बराबरी भएको हो । पहिलो टेस्टमा वेस्ट इण्डिज एक विकेटले विजयी भएको थियो । पाकिस्तानले जितका लागि दिएको तीन सय २९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज २ सय १९ रनमा समेटियो ।
वेस्ट इण्डिजका जेसन होल्डरले सर्वाधिक ४७ रन बनाए । कप्तान क्रेग ब्रेथवेट ३९ रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक चार विकेट लिए । त्यस्तै नौमान अलीले ३ र हसन अलीले २ विकेट लिए । चौथो दिन पाकिस्तानले दोस्रो पारीमा ६ विकेट गुमाएको अवस्थामा १ सय ७६ रनमै पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा १ सय ५२ रनको अग्रता बनाएको पाकिस्तानले समग्रमा ३ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पाकिस्तानका फवाद आलम १ सय २४ रनमा अविजित रहे ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया