

स्पेनिस ला लिगा : रियल र लेभान्टे बराबरीमा रोकिँदा एथ्लेटिको मड्रिड विजयी

काठमाण्डाै
स्पेनिस ला लिगामा रियल मड्रिड र लेभान्टे बराबरीमा रोकिएका छन् । गएराति भएको खेलमा रियल मड्रिड र लेभान्टेले ३–३ गोलको बराबरी खेलेका हुन् ।
खेलमा सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा रियलले १० खेलाडीमा समेटिएको घरेलु टोली लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेको हो ।
खेलको ८७ औं मिनेटमा काउन्टर अट्याकमा नाचो फर्नान्डेसलाई पेनाल्टी बक्सबाहिर आएर फल गरेपछि लेभान्टेका गोलरक्षक एइटर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पनि त्यसको फाइदा रियलले उठाउन सकेन । बराबरीसँगै रियल चार अङ्क जोडेर दोस्रो स्थानमा छ भने लेभान्टे आठौँ स्थानमा छ ।
यस्तै, गएराति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले इल्चेलाई १–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै ६ अङ्क जोडेको एथ्लेटिको मड्रिड शीर्ष स्थानमा छ । त्यसैगरी राति नै भएको खेलमा रियल सोसिडाडले रायो भालेकानेलाई १–० गोल अन्तरले पराजित गरेको छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया