

पहिलो डीएनए कोरोना खोपलाई भारतमा अनुमति


काठमाडौं
भारतको औषधि नियामकले विश्वको पहिलो डीएनए कोरोना खोपलाई अनुमति दिएको छ । खोप निर्माता काडिला हेल्थकेयरले निर्माण गरेको जीकोभ–डी खोपलाई भारतीय खोप नियामकले अनुमति दिएको हो । कम्पनीले सार्वजनिक गरेको आन्तरिक अध्ययनको नतिजा अनुसार संक्रमण नियन्त्रणको लागि यो खोप ६६ प्रतिशत प्रभावकारी देखिएको छ ।
भारतीय कम्पनी काडिला हेल्थकेयरले वार्षिक रुपमा १२ करोड डोज कोरोना खोप उत्पादन गरिने बताएको छ । यो भारतीय कम्पनीले विकास गरेको दोस्रो कोरोना खोप हो । यसअघि डीएनए खोपले जनावरमा राम्रो काम गरेको भए पनि मानिसमा भने यस्तो खोप आएको थिएन ।
भारतमा अहिलेसम्म ५७ करोड डोज कोरोना खोप लगाइएको छ । भारतले कोभिशिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी गरी तीनवटा कोरोना खोपलाई अनुमति दिएको छ । भारतमा करिब १३ प्रतिशत वयस्क मानिसले पूर्ण डोज कोरोना खोप लगाएका छन् भने ४७ प्रतिशतले कम्तीमा एक डोज कोरोना खोप पाएका छन् ।
काडिला हेल्थकेयरका अनुसार कम्पनीले अहिले अनुमति दिइएको खोप २८ हजार मानिसमा परीक्षण गरिएको थियो । यीमध्ये एक हजार जना १२ देखि १८ वर्ष उमेर समूहका थिए ।
डीएनए खोप आरएनए तथा एमआरएनए खोपको तुलनामा सस्तो, सुरक्षित र स्थिर हुने वैज्ञानिकहरु बताउँछन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राख्न सकिन्छ ।
एजेन्सीहरुको सहयोगमा


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया