

एन्फाद्वारा ‘सी’ डिभिजन फुटबलकाे छनोट खेलकाे तालिका सार्वजनिक



काठमाण्डाै
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले हिजाे सातदोबाटोमा कार्यक्रम आयोजना गरि खेल तालिका सार्वजनिक गरेको हो ।
यही भदौ १० गतेदेखि काठमाण्डौ उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब खेल्ने छन् । त्यही दिन अर्को खेल एफसीएस एस र गोदावरी युनाइटेडबीच हुनेछ ।
‘सी’ डिभिजन लिगमा देशभरबाट ७८ क्लबको सहभागिता रहने एन्फाले जनाएको छ । याे लिग आउँदाे कात्तिक ८ गतेसम्म चल्ने छ । एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा तीन वटा क्लबलाई समावेश गरिएको छ । प्रत्येक क्लबले समूह चरणमा दुई खेल खेल्ने छन् ।
समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण र नक आउट चरणलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता क्लब ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् । एन्फा लिग संयोजक विज्ञानराज शर्माले छनोटमा क्लबको सहभागिता उल्लेख्य रहेको बताउनुभयो ।
उहाँले अर्को वर्षदेखि पायक पर्ने प्रदेशमा नै छनोट खेल खेलाउने जानकारी दिनुभयो । छनोट प्रतियोगितामा वाग्मती प्रदेशका ६१, प्रदेश १ का सात र अन्य पाँच प्रदेशका दुई/दुई क्लब रहेका छन् ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया