

माधव नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा



काठमाडौं
विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा उभिएका छन्। उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताले पार्टी एकताको प्रयत्न जारी राख्ने भएका छन्। ५७ केन्द्रीय सदस्य र सांसदको भेलाले १० बुँदे सहमति तत्काल कार्यान्वयनमा जोड दिँदै माधवकुमार नेपाललाई नयाँ पार्टी दर्ताबाट पछि हट्न आग्रह गरेको छ।
भेलाको निर्णयबारे जानकारी दिँदै एमाले उपाध्यक्ष रावलले एकता प्रयत्न जारी राख्ने बताए। उनले १० बुँदे सहमति तत्काल लागू गर्न र नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नयाँ दल दर्ता प्रक्रिया रोक्न अनुरोध गर्ने निर्णयसमेत गरेको बताए।
‘१० बुँदे सहमति व्यवहारमा तत्काल कार्यान्वयन हुनुपर्छ। पार्टी अलग खोल्न प्रक्रिया रोक्नुपर्छ। उनीहरूमाथि भएको कारबाही खारेज हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ उनले भने। आन्तरिक विवादको पार्टीभित्रै समाधान खोजिनु पर्ने निश्कर्ष आफूहरूको रहेको उनले बताए।
उनले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न माग राखे। ‘यो अध्यादेशले राजनीतिक अस्थिरता ल्याउँछ र लोकतन्त्रलाई प्रहार गर्छ’, उनले भने। रावलले एकताका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने पनि बताए।
केन्द्रीय सदस्य निरज आचार्यले भेलाले नेताबीच एकआपसमा आक्षेप लगाउने, चरित्र हत्या गर्नेजस्ता कार्य रोक्न र संयमित रहन आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया