
देशका धेरै ठाउँमा वर्षा, पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने अनुमान

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश बाहेकका अन्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकामा रातिदेखि नै पानी परिरहेको छ ।
उपत्यकासहित वागमती प्रदेश, गण्डकी, कर्णाली, लुम्बिनी, प्रदेश १ र प्रदेश २ का धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । सुदूरपश्चिममा अहिले वर्षा नभए पनि आज पानी पर्ने अनुमान छ । अहिले मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी क्षेत्र नजिक रहेकाले पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
आज र भोलि दुई दिन नै पश्चिमी क्षेत्रमा धेरै वर्षा हुने मौसमविद् श्रेष्ठले बताउनुभयो । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली हुनेछ । केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद्ले पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरेका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया