

काबुलबाट उद्धार गरिएका थप ८७ जना काठमाण्डौ आइपुगे



काठमाण्डाै – अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्याइएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् ।
गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट ८७ जना नेपाली काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उज्यालोलाई जानकारी दिएको छ । हिजो बिहान १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगेका थिए । अमेरिकी सरकारको बन्दोबस्तीमा नेपालीहरु काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३ सय ८५ मध्ये २ सय ५ जना नेपाल आइपुगेका छन् भने उद्धार गरेर कतार पुर्याइएका अन्यलाई पनि स्वदेश ल्याउने तयारी भइरहेको छ ।
स्वदेश ल्याइएकाहरुलाई प्रक्रिया पुर्याएर घर पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल ल्याइएकामध्ये सबैको कोरोना परीक्षण गरिएको छ, संक्रमण देखिएकालाई उपचार पछि घर पठाइने र संक्रमण नभएकालाई सिधै घर पठाइएको छ ।
अफगानिस्तानमा अझ धेरै नेपालीहरु उद्धारको पर्खाइमा छन् । विदेशी नियोगहरुमा कार्यरत नेपालीलाई सम्बन्धित देशले उद्दार गरेर सुरक्षित ठाउँमा राखेको जनाएका छन् भने नेपालले पनि सम्पर्कमा आउन आग्रह गरिरहेको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया