

बालकवी जोशिका भवानी भिक्षु स्मृति पुरस्कारबाट सम्मानित




राधा पाण्डे
बालकवी जोशिका कडेल (निशा) भवानी भिक्षु स्मृति पुरस्कारबाट सम्मानित भएकी छिन् । प्रत्येक वर्ष प्रदान गरिदै आएको यो पुरस्कार छोटो समयमै साहित्यमा बिशिष्ट योगदान पुयाए वापत आज तौलिहवामा सम्पन्न एक कार्यक्रमका बिच निशालाइ उक्त पुरस्कार प्रदान गरिएको हो ।
मदन पुरस्कार बिजेता स्वर्गीय भवानी भिक्षु स्मृति पुरस्कार बाल स्रष्टा ‘निशा’ लाई प्रदान गरिएको हो । ११२ औ पुण्य स्मृतिमा नव कपिलवस्तु साहित्यिक समाजले रुपक स्मृति प्रतिस्ठान काठमाण्डौको सहयोगमा कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा १३ बर्षिया बाल कवयित्री जेशिकालाई ११ हजार १सय ११ रुपैया राशीको सो पुरस्कार सहित ताम्रपत्र सहित सम्मान गरेको थियो ।
वि.स. २०६५ साल माघ ८ गते पिता दुर्गाराज कंडेल र माता रीता कंडेलको कोखबाट कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.८ मा जन्मिएकी बालकवि निशाले प्रेरणा,कोपिला र छ्न्दोमन्जरी गरि ३ वटा कृति प्रकाशित गरिसकेकी छन् । चिल्ड्रन्ज प्याराडाइज इ.बो. हाईस्कुल कपिलवस्तुमा कक्षा ७ मा अध्ययनरत बालकवी निशा हजुरबुबा ऋषिकेशव भारद्वाजको प्रेरणाबाट कविता रचना गर्न प्रेरित भएको बताउँछिन । उनी सानै उमेरमा नेपाली साहित्यलाई उचाइमा पुर्याउन अग्रसर रहेकोले सो पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

बालकवी (निशा) दधी स्मृति साहित्य समाज कपिलवस्तुबाट प्राची वाल साहित्य पुरस्कार तथा दधि-स्मृति साहित्य सम्मान २०७५, लीलध्वज साहित्य प्रतिस्ठान काठमाडौंबाट कदर -पत्र (२०७५), बाणगंगा सामुदायिक पुस्तकालय बाणगंगा कपिलवस्तुबाट बाणगंगा बाल साहित्य पुरस्कार २०७५, चिल्ड्रन्ज प्यरडाइज इ.बो. हाईस्कुल कपिलवस्तुबाट चिल्ड्रन्ज बाल साहित्य पुरस्कार २०७५, दधि–स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा भएको बाणगंगा आधारभूत तह कक्षा १–८ सम्मको नगर स्तरीय कविता प्रतियोगितामा प्रथम पुरस्कार, छ्न्द दिवस बैशाख ८, २०७६, पल्लव साहित्यिक प्रतिष्ठान चितवनबाट शेषनाथ लामिछाने स्मृति वाल सहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मान भाद्र २१ २०७६, डा. कविताराम वाङमय प्रतिष्ठान , काठमाण्डौबाट डा. कविताराम वाल प्रतिभा पुरस्कार कार्तिक २९ (२०७६), निजी तथा आवसीय बिधालय अर्गनाईजेशन , नेपाल बाणगंगा नगर कार्यसमिति कपिलवस्तुबाट प्याब्सन बाणगंगा नगर बालसहित्य सम्मान पौष ४, (२०७६) लगायत दर्जन बढि पुरस्कार र सम्मानबाट सम्मानित भइसकेकि छन् ।
कार्यक्रममा पुर्व मन्त्री तथा पुर्व भारतिय राजदुत दिपकुमार उपाध्यायले नेपाली साहित्यलाइ उचाइमा पुर्याउनको लागि बालकवी जोशिकाको योगदान अतुलनिय रहेको बताउँदै बधाई दिनुभएको थियो। उहाँले नेपाली कला साहित्यमा यस्तै होनहार साहित्यकारहरुको खाचो रहेको बताउँदै साहित्यको जगेर्ना गर्न आफुले जस्तोसुकै सहयोग गर्न पछाडी नपर्ने स्पष्ट पार्नुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी चिल्ड्रन्ज प्याराडाइज इ.बो. हाईस्कुलका प्रधानाध्यापक केशव सापकोटाले सानो उमेरमा नै यसरी नेपाली साहित्यमा लगाव राखेर अगाडी बढेकोमा कपिलवस्तुकै सान उचाइमा पुगेको बताउनुभयो । उहाँले गुरु र शिष्यको सम्बन्ध जस्तो प्रगाढ हुन्छ त्यसैगरी नेपाली साहित्य र जोशिकाको सम्बन्धले नेपाली साहित्यलार्इ उचाइमा पुर्याएको बताउनु भएको थियो ।

वरिष्ठ साहित्यकार हरिराज शर्मा (हरास) ले यो सानो उमेरमा नै ३ वटा पुस्तक प्रकाशित गरि भवानी भिक्षु जस्तो उच्च स्तरको सम्मान प्राप्त गर्न सफल भएको भन्दै निशालाइ बधाई ब्यक्त गर्नु भयो । कुनै जातीय, वर्गीय, राजनीति कुरा भन्दा बाहिर रहेर निष्पक्ष रुपमा यो पुरस्कार प्रदान गर्दै आइएको र अहिले नि यिनै नियम भित्र रहेर जोशिकाले पुरस्कार प्राप्त गर्न सफल रहेको बताउनुभयो ।
यस्तै वरिष्ठ साहित्यकार ऋषिराम कडेल (भारद्वाज) , राघवेन्द्र श्रीवास्तव ले मन्तब्य दिदै कपिलवस्तुमा साहित्यले हरेक भाषामा योगदान दिएको दिएकोले गौरव बढाएको बताउनुभयो । भाषिक संस्कृतिको हिसाबले धनी कपिलवस्तु साहित्यको हिसाबले पनि धनी भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, साहित्यकार जिवनाथ पाण्डे, गिता त्रिपाठी, सकुन्तला पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
नवकपिलवस्तु साहित्यिक समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठिको अध्यक्षता रहेको कार्यक्रममा साहित्यकार, समाजसेवी , पत्रकारहरुको सहभागिता रहेको थियो भने पार्वती गुप्ताको संचालनमा सम्पन्न भएको कार्यक्रममा दर्जन बढी साहित्यकाहरुले आ–आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया