

भाद्र ८ सम्म थपियो अर्घाखाँचीमा लकडाउन





अर्घाखाँची
अर्घाखाँची जिल्लामा भोली साउन ३० गतेदेखि १२ औं पटक पुन: भाद्र ८ गतेसम्म निषेधाज्ञा थपिएको छ ।
डिसिसिएमसी अर्घाखाँचीको सम्पन्न बैठकले निषेधाज्ञालाई भाद्र ८ गते राती १२.३० सम्म जारी राख्ने निर्णय गरेको हो ।
जारी निषेधाज्ञा अवधिमा बैंकहरु बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।
यस्तै सरकारी तथा गैरसरकारी, सार्बजनिक तथा निजी यातायात पुर्ण रूपमा बन्द हुने भएका छन् । साथै अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ७ बजेदेखि ९ बजेसम्म खोल्न दिईने भएको छ । साथै घरबाट बाहिर कोही पनि निस्किन नपाउने भएको छ ।
यसअघि एघारौ पटक साउन ३० गते राती १२ बजेसम्म कडा निषेधाज्ञा थपिएको थियो ।
यस अगाडि स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात, बैंक तथा वित्तीय संस्था खुलेका थिए । जिल्लाका विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन हुने भएका हुन् ।
यस्तै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या पछिल्लो पटक फेरी बढेको छ । गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।
अर्घाखाँची कारागारमा रहेका ६४ मध्ये ६० जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया