

चौथो लहर आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित बढ्दै


दक्षिण कोरिया
दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । त्यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ ।
कोरोना भाइरसको चौथो वेभ आएको भनिएको त्यहाँ शुक्रबार एक हजार नौ सय ९० जनामा कोरोनाको थप सङ्क्रमण भएको बताइएको छ ।
त्यहाँ बिहीबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा सङ्क्रमितहरु एक हजार नौ सय ९० जना थपिएका बताइएको छ । योसँगै त्यहाँका सङ्क्रमितहरुको सङ्ख्या दुई लाख २० हजारजना भन्दा बढी पुगेको बताइएको छ । त्यहाँ पछिल्लो हप्तामा त्यहाँ कम्तीमा पनि एक हजार ६०० जनामा सङ्क्रमण देखिने गरेको छ ।
बुधबार रातिसम्म त्यहाँ एक हजार नौ सय ८७ जना सङ्क्रमित थपिएकामा शुक्रबार त्योभन्दा बढी देखिएको हो । त्यहाँका स्वास्थ्य अधिकारीहरुले अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।
त्यहाँ निकै थोरै सङ्ख्यामा मात्र सङ्क्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरू देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ । दक्षिण कोरियाको सरकारले खोप लगाउने कामलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । त्यहाँ मृत्युदर भने कम रहेको छ । त्यहाँअहिलेसम्म यो भाइरसबाट दुई हजार एक सय ४४ जनाको ज्यान गएको छ ।-
रासस/Photo: Agency


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया