

राप्तीको भेलमा बगेकी महिलाको आठ किलोमिटर तलबाट सकुशल उद्धार



दाङ
देउखुरीमा राप्ती नदीकाे भेलमा बगेर आठ किलोमिटर तल पुगेकी एक महिलाको सकुशल उद्धार गरिएको छ । देउखुरीको गढवा गाउँपालिका-३ गोबरडिहाकी ४० वर्षीया टेकरानी चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गएराति राप्ती नदीबाट उद्धार गरेको हो।
बिहीवार दिउँसाे गोबरडिहको राप्ती घाटमा दाउरा निकाल्ने क्रममा चाैधरीलाई नदीकाे भेलले बगाएकाे हाे । टेकरानीले नदीको वेग तीव्र भएका कारण निस्कन नसकेकाे र पानीकाे वहाब भएतिरै बग्दै गएकाे बताउनु भएकाे छ ।

‘झण्डै आठ किलाेमिटर बगेपछि पानीकाे छालले किनारा लगायाे । तर आफू कहाँ पुगेकाे पत्ताे पाइनँ । राप्तीकाे टापुमा खर समाेतर अडिएँ । पानीबाट बाहिए निस्किएँ । चारैतिर हेरेँ, अनि गुहार मागेँ’ उहाँले भन्नुभयाे।

राप्ती वारि लमही नगरपालिका-४ को बुटकहावा गाउँका स्थानीय तरकारी टिप्न लागेका थिए । उनीहरुले टेकरानीले गुहार मागेको सुनेर प्रहरीलाई खबर गरे । राप्ती नदीमा मान्छे फसेको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी नायब निरीक्षक पुराण मल्ल, विष्णु केसीलगायतको टोली घटनास्थल पुगेको थियो ।

झण्डै ४ घण्टा राप्ती नदीको बीच टापुमा फसेकी टेकरानी कराएकाे सुनेर वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक विष्णु केसी र प्रहरी जवान प्रकाश चौधरी नदीमा हामफाल्नु भएको थियो।

सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल नपुग्दासम्म टेकरानी भएको ठाउँमा पुगेर उहाँलाई सान्त्वना दिइएको प्रहरी नायब निरीक्षक केसीले बताउनु भयो। अहिले टेकरानीको लमही अस्पतालमा प्राथमिक उपचार भइरहेको उहाँले बताउनु भयाे ।
फाेटाे साैजन्य : प्रिया स्मृति गजमेर


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया