

इरानका राष्ट्रपति रायसी र फ्रान्सेली समकक्षी म्याक्रोँबीच फोनवार्ता



काठमाण्डाै
इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसी र फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँबीच फोनवार्ता भएको छ। एक घण्टा लामो फोनवार्तामा उहाँहरुबीच आणविक सम्झौता र इरानमाथि अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीबारे कुराकानी भएको छ ।
म्याक्रोँले इरानलाई विलम्ब नगरि आणविक सम्झौता उल्लङ्घनका घटना रोक्न आग्रह गर्नुभएको एएफपीले जनाएको छ । जवाफमा रायसीले भविष्यमा हुने कुनै पनि वार्ताले इरानको राष्ट्रिय हित सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरूसँग गरेको आणविक सम्झौतामा इरानले आणविक मोहलाई त्याग्ने र बदलामा अमेरिका लगायतका युरोपेली देशले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध अन्त्य गर्ने सहमति भएको थियो । तर आणविक सम्झौता अमेरिकाको पक्षमा नभएको भन्दै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्न नसक्ने बताउनुभएको थियो ।
अमेरिका सम्झौताबाट फिर्ता भएको थियो भने इरानले पनि आणविक सम्झौतामा गरिएका प्रतिबद्धतालाई क्रमशः तोड्दै गएको थियो।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया