

जसपाको नाममा भ्रम सिर्जना गरिएको भन्दै जिल्ला अध्यक्ष यादवद्धारा विज्ञप्ति जारी



कपिलवस्तु ।।
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुले साउन २६ गतेका लागि कुनै कार्यक्रम जिल्लामा आयोजना नगरिएको एक विज्ञप्ति मार्फत जनाएको छ । जसपा जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गर्दै जसपा जिल्ला समन्वय समिति कपिलवस्तुको नामबाट विभिन्न सामाजिक सञ्जाल तथा अनलाइृन सञ्चार माध्यममा साउन २६ गते मंगलबारका दिन जिल्ला स्तिरिय अगुवा कार्यक्रता भेला कार्यक्रम राखिएको भनी कपोकल्पित, निराधार र भ्रामक प्रचार प्रसार गरेको प्रति जसपा जिल्ला समन्वय समितिको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
जनता समाजवादी पार्टी भित्रको आन्तरिक विवादका कारण विभाजनमा पुगेका नेताहरु मध्ये महन्त ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरुले सो भेलाको आह्वान गरेका छन भने निर्वाचान अयोगबाट पार्टीको आधिकारीकता पाएको उपेन्द्र यादव पक्षधर नेताहरुले जसपाले कुनै कार्यक्रम आयोजना नगरेको जनाएका छन् ।
पार्टीको आधिकारीकता विवाद टुङ्गिएसँगै देशमा उपेन्द्र यादवले नेतृत्व गरेको पार्टी मात्रै जसपा रहेको नेता शैलेन्द्र कुमार यादवले बताउनुभयो । पार्टीको नाममा अनुमति विना कसैलाई कुनैपनि कार्य गर्न छुट नभएको पनि उहाँले बताउनुभएको छ ।
उता महन्त ठाकुर पक्षका नेता रविदत्त मिश्रले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा जसपाको अयाजनामा जिल्ला स्तरिय अगुवा कार्यक्रता भेला आयोजना गरिएको भन्दै एक सामग्री सार्वजनिक गर्नुभएको छ । त्यस लगत्तै जसपा जिल्ला समन्वय समितिले प्रेस विज्ञप्ति जारी गरेको हो ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया