

विमल घर्तीमगरले लिग खेल्ने सम्भावना

काठमाडौं
पाँच महिना अघि कतारमा घुँडाको शल्यक्रिया गराएका राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरले ग्राउन्ड रिह्याब सुरु गरेका छन् । पुस पहिलो साता प्रशिक्षण दौरान विमलको घुँडामा चोट लागेको थियो । उनको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको थियो ।
कतारस्थित अस्पेटार अस्पतालमा फागुन २५ गते उनको घुँडाको सफल शल्यक्रिया भएको थियो । त्यसयता आफ्नो घुँडामा निकै सुधार भएको विमलले बताए । अहिलेको जस्तै सुधार भइरहेको खण्डमा अबको झण्डै दुई महिनामा स्वदेश फर्कने सम्भावना रहेको विमलले बताए । स्वदेश फर्केपछि पनि एक महिना जति प्रशिक्षणमा सामेल भएपछि मात्र मैदान फर्कने सम्भावना रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएको विमलले जानकारी दिए ।
अक्टोबरका लागि तय भएको साफ च्याम्पियनसिपका लागि भने विमलले खेल्ने सम्भावना छैन । कात्तिक २९ गतेदेखि सुरु हुने भएको ए डिभिजन लिगमा भने फर्कने सम्भावना रहेको विमलले बताए । ‘साफ त भ्याउँदिन । सबै सोचे जस्तै सुधार हुँदै गयो भने लिग खेल्ने सम्भावना छ’, मंगलबारबाट ग्राउन्ड रिह्याब सुरु गरेका विमलले भने, ‘शल्यक्रिया पछि घुँडामा धेरै सुधार भएको बताइएको छ । मलाई पनि निकै सहज महसुस भइरहेको छ ।’
शल्यक्रियाको झन्डै २५ दिन उनले वैशाखीको सहारामा हिड्नु परेको थियो । त्यहाँबाट अहिलेको अवस्थामा आइपुग्दा निकै सुधार भएको विमल सम्झन्छन् । सातामा दुई दिन फिटनेस परिक्षण लिनेछन् । विमलले गत सिजन मछिन्द्रबाट लिग जितेका थिए । उनी अन्तिम समयमा मछिन्द्रमा आवद्ध भएका थिए । त्यसअघि उनले नेपालमा थ्री स्टारबाट पनि खेलिसकेका छन् । उनले भारतको मोहुन बगान र माल्दिभ्सको टिसी स्पोर्ट्सबाट व्यावसायिक फुटबल खेलिसकेका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया