

कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित


विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ। वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन भएको छ। हालसम्म ५ सय नेपालीको कोभिडका कारण निधन भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोभिडका कारण गत शनिबारसम्म विदेशी भूमिमा ४ सय ८६ जना नेपालीको मृत्यु भएको छ। २९ देशमा रहेका नेपालीले विदेशमा ज्यान गुमाएका हुन्। संघको स्वास्थ्य समितिकाअनुसार हालसम्म ५४ देशमा रहेका नेपाली कोभिडबाट प्रभावित भएका छन्।
विभिन्न मुलुकमा गरी हालसम्म १० हजार ४ सय ५ जना नेपाली संक्रमित भएका छन्। उनीहरूको विभिन्न स्थानीय अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ। स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९१.८६ प्रतिशत नेपाली संक्रमणमुक्त भएका छन्।
नेपालमै स्वरोजगार रहेका १६ लाखभन्दा बढीले रोजगारी गुमाउन बाध्य भएका छन्। नेपालसहित गन्तव्य मुलुकमा कोभिडको जोखिम दर कायमै छ। मलेसियामा मात्रै एक सातामा ३७ जनाको ज्यान गएको छ। पछिल्लो समयमा इराक र युगान्डामा पनि कोभिडको जोखिम बढेको छ।
पछिल्लो साता ती मुलुकहरूमा एक÷एक जना नेपाली कामदारको निधन भएको छ। गन्तव्य मुलुकले अझै विदेशी कामदारको माग गरेका छैनन्। कोभिडविरुद्धको खोप लगाइसकेकाको हकमा प्रवेश गर्न दिने व्यवस्थाका कारण केही संख्यामा नेपाली कामदार गन्तव्य मुलुकमा जान थालेका छन्।
यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया