

मास्क लगाउन प्रेरित गर्न ‘मास्क अभियान’





काठमाण्डाै
सरकारले आउँदो शनिवारदेखि मास्क अभियान सञ्चालन गर्ने भएको छ ।
कोराेना भाइरसको सङ्क्रमण फेरि फैलिन थालेसँगै मास्क अनिवार्य रुपमा लगाउन प्रेरित गर्ने उद्देश्यले एक हप्ते अभियान सुरु गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ आउँदो शनिवारदेखि सुरु हुने अभियान २९ गतेसम्म चल्ने छ । कोरोना भाइरसको सङ्क्रमण बढिरहे पनि कतिपयले मास्क नलगाउने गरेको पाइए पछि अभियान चलाउन थालिएको हो ।
काठमाण्डौ उपत्यकामा मास्क नलगाउनेलाई कारबाही हुने यसअघि नै चेतावनी दिइसकिएको छ । केही दिनअघि बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मास्क नलगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
मास्कको सही प्रयोग गरे, भौतिक दूरी कायम गरे र खोप लगाए कोरोनाको सम्भावित जोखिमबाट बच्न सकिने विज्ञहरुले भन्दै आएका छन् । पछिल्लो समय कोरोनाको सङ्क्रमण फेरि बढेसँगै स्वास्थ्य मन्त्रालयले मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न आग्रह गर्दै आएको छ ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया