

कोरोनाको तेस्रो लहरलाई रोक्न भारतसँगका सीमा नाकामा निगरानी र परीक्षण सुरु


काठमाण्डाै
कोरोना भाइरसको तेस्रो लहरलाई रोक्न भारतसँगको सीमा नाकामा निगरानी र परीक्षण सुरु भएको छ । भारतमा अहिले कोरोनाको संक्रमण फेरि बढिरहेकाले नेपाल पनि उच्च जोखिममा छ ।
यस अघि भारतमा दोस्रो लहर फैलिँदा नेपाल पनि प्रभावित भएको थियो । भारतसँगको खुला सीमा नाकाका कारण त्यहाँ संक्रमण फैलिए नेपालमा पनि असर पर्छ । खुला सीमा नाकाबाट फैलन सक्ने संक्रमणलाई रोक्न भन्दै केही दिनदेखि निगरानी र परीक्षण थालेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार नाकाबाट नेपाल प्रवेश गर्नेहरुको ज्वरो नाप्न थालिएको छ । यस्तै, लक्षण देखिएका व्यक्तिको एन्टिजेन परीक्षण पनि हुने गरेको छ । अहिलेसम्म १२ हजार भन्दा धेरैको परीक्षण भइसकेको उहाँले बताउनुभयो । तेस्रो लहरको जोखिम उच्च भएसँगै नाका जोडिएका क्षेत्रका अस्पतालमा २० प्रतिशत शैया बालबालिकाका लागि छुट्टाएर राख्न थालिएको छ ।
यस्तै, तेस्रो लहर फैलिए कसरी उपचार गर्ने भन्ने बारे पनि पूर्वतयारी थालिएको उहाँले बताउनुभयो । तर, सीमा नाकामा भइरहेको यो तयारी पर्याप्त भने नभएको विज्ञ बताउँछन् । सीमा नाकाबाट हुने आवतजावतलाई रोक्न नसक्दा नै कोरोनाको पहिलो लहर र दोस्रो लहर फैलिएको भन्दै स्वास्थ्य विज्ञले अब पनि नाकालाई व्यवस्थित बनाउन नसके तेस्रो लहरबाट जटिल अवस्था आउन सक्ने बताएका छन् ।
निषेधाज्ञा खुकुलो भएसँगै अहिले देशका धेरै ठाउँमा काेराेनाका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । दैनिक सङ्क्रमित बढेपछि कोराेना उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष, भेन्टिलेटर र साधारण शय्या भरिएका छन् ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया