

एन्फा प्रवक्ताबाट राईको राजीनामा


काठमाण्डौँ
अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन्। सोमबार उनले वरिष्ठ उपाध्यक्षको रोहबरमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन्।
‘अखिल नेपाल फुटबल संघको मुख्यालयमा अध्यक्षज्यूलाई वरिष्ठ उपाध्यक्षज्यूको रोहवरमा एन्फाको प्रवक्ताबाट राजीनामा बुझाइयो!’, उनले फेसबुमा लेखेका छन्।
यसैबीच प्रवक्ता राईले आजै अपरान्ह ३ बजे एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजनासमेत गर्ने भएका छन्।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया