

कपिलवस्तुमा शिक्षकहरुद्धारा रिले अनसन



कपिलवस्तु
कपिलवस्तुका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले जिल्लाभरका स्थानीय तह र जिल्ला शिक्षा समन्वय ईकाई अगाडी रिले अनशन सहितको आज विरोध जनाएका छन् । जिल्लाका सबै वर्गका शिक्षक तथा बालविकासका शिक्षिकाहरुले आ–आफ्ना पेशागत हक हितका माग राख्दै पटकपटक आन्दोलन गर्दै आएका हुन ।
उनीहरुले शिक्षकका माग सरकारले नसुनेको आरोप पनि लगाएका छन् । नेपाल शिक्षक संघका बाणगंगा नगर सभापति कुलराज पौडेलले सरकारसँग राखेका शैक्षिक तथा पेशागत हकहितका मागहरु पूर्ण कार्यान्वयनको माग राख्दै आज कपिलवस्तुमा रिले अनसन बसेको बताउनुभयो ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा देशव्यापी सुरु भएको चौथो चरणको आन्दोलन अन्र्तगत शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको अगाडी समेत शिक्षकहरुले अनशन तथा धर्ना दिएका थिए ।
मागहरुको पूर्ण कार्यान्वयनको माग गर्दै अनसन र धर्ना कार्यक्रम गरिएको शिक्षकहरुको भनाई छ । अनसनमा नेपाल राष्ट्रिय शिक्षक महासंघ अन्तरगतका विभिन्न भातृ शिक्षक संघ तथा संगठन र समूहहरुको सहभागिता रहेको थियो । पहिलो चरणको आन्दोलनमा शिक्षा विभागसँग भएको सम्झौता अनुसार सबै बुँदाहरु कार्यान्वयन नभएकाले अनसन र धर्ना कार्यक्रमहरु गरिएको शिक्षकहरुले बताएका छन् ।
शिक्षकहरुको पेशागत हकहित र अधिकारका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा विभागलाई २०७५ फागुन ९ गते ३४ सुत्रिए मागहरु बुझाएको थियो। ३४ बुँदाहरुमध्ये ३० बुँदामा सहमती भए पनि कार्यान्वयन नभएकाले शिक्षक संघ तथा संगठनहरुले आज कपिलवस्तुका स्थानीय तहहरु र शिक्षा विकास तथा समन्व्य ईकाई अगाडी अनसन बस्दै विरोध जनाएका हुन ।


खबर सबै
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै







प्रतिक्रिया