कपिलवस्तुमा ३२ हजार बढीलाई जोन्सन खोप लगाइदैँ

कपिलवस्तु ।।
कोरोना माहामारी विरुद्धको खोप अभियान अन्तरगत आज देखि कपिलवस्तुमा अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन खोप कार्यक्रम सुरु भएको छ । जिल्लाका १० वटै पालिका अन्तरगत रहेका ९६ वटा खोप केन्द्रबाट पहिलो दिन आज खोप लगाइएको सम्बन्धित वडाका स्वास्थ्य चौकी प्रमूखहरुले जानकारी दिएका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित स्वास्थ्य चौकीमा उपलब्ध कुल ४२० डोज खोप मध्ये आज पहिलो दिन १५० जनालाई लगाएको स्वास्थ्य चौकी प्रमूख जितविकास रायमाझीले जानकारी दिनुभयो ।
यस्तै स्वास्थ्य कार्यालय तौलिहवाका अनुसार कपिलवस्तु जिल्लाका लागि आएको कुल ३२ हजार पाँच सय डोज खोपबाट आज देखि लगाउन सुरु गरिएको हो । पहिलो दिन जिल्लाभरका पालिकाहरुले स्वास्थ्य चौकी मार्फत नागरिकहरुलाई खोप दिएको कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरले बताउनुभयो ।
यस चरणको खोप कार्यक्रममा सरकारले ५० देखि ५५ वर्ष उमेरका सबै नागरिक तथा क र ख बर्गका अपाङ्ग परिचयपत्र भएका नागरिकहरु सहित वैदेशिक रोजगारीका लागि जान तयार रहेका भिषा प्राप्त व्यक्तिहरुलाई खोपको प्राथामिकतामा राखिएको छ ।

प्रतिक्रिया

खबर सबै