

जसपा सासंद रेशम चौधरी आधिकारिक पक्षमा रहने



काठमाडौँ ।
जनता समाजवादी पार्टी ९जसपा०को आधिकारिकता विवाद समाधान भएसँगै कारागारमा रहेका नेता रेशम चौधरीले आफू आधिकारिक पार्टीमै रहेको प्रतिक्रिया दिएका छन् ।
जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले ट्वीटरमार्फत चौधरी आफूहरुको पक्षमा रहेको खुलासा गरेका छन् । दुई दिनअघि निर्वाचन आयोगमा सनाखत प्रक्रियामा तटस्थ बसेका चौधरीले टेलिफोन मार्फत आफू आधिकारिक पक्षमा रहेको बताएका हुन् ।
नेता खतिवडाले भनेका छन्, माननीय रेशम चौधरीले फोनवार्तामार्फत व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु ।
यसअघि खतिवडाले चौधरीमाथि कारवाही गरेको हल्ला निराधार भएको प्रतिक्रिया दिएका थिए । जसपामा कार्यविधाजनको प्रक्रिया चलिरहँदा चौधरीबारे खतिवडाले पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
चौधरी भने कैलालीको टीकापुर घटनामा दोषी ठहर भइ डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका छन् । जसपाको नयाँ संरचना अनुसार चौधरी ३५ औं सदस्यको रुपमा केन्द्रीय कार्यकारिणी समितिमा सदस्य छन् ।


खबर सबै
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै







प्रतिक्रिया