जसपा सासंद रेशम चौधरी आधिकारिक पक्षमा रहने

काठमाडौँ ।
जनता समाजवादी पार्टी ९जसपा०को आधिकारिकता विवाद समाधान भएसँगै कारागारमा रहेका नेता रेशम चौधरीले आफू आधिकारिक पार्टीमै रहेको प्रतिक्रिया दिएका छन् ।

जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले ट्वीटरमार्फत चौधरी आफूहरुको पक्षमा रहेको खुलासा गरेका छन् । दुई दिनअघि निर्वाचन आयोगमा सनाखत प्रक्रियामा तटस्थ बसेका चौधरीले टेलिफोन मार्फत आफू आधिकारिक पक्षमा रहेको बताएका हुन् ।

नेता खतिवडाले भनेका छन्, माननीय रेशम चौधरीले फोनवार्तामार्फत व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु ।

यसअघि खतिवडाले चौधरीमाथि कारवाही गरेको हल्ला निराधार भएको प्रतिक्रिया दिएका थिए । जसपामा कार्यविधाजनको प्रक्रिया चलिरहँदा चौधरीबारे खतिवडाले पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

चौधरी भने कैलालीको टीकापुर घटनामा दोषी ठहर भइ डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।  जसपाको नयाँ संरचना अनुसार चौधरी ३५ औं सदस्यको रुपमा केन्द्रीय कार्यकारिणी समितिमा सदस्य छन् ।

प्रतिक्रिया

खबर सबै