देउखुरी उद्योग वाणिज्य संघले थाल्यो अनलाइनबाट कर प्रणाली

दाङ ।
दाङ स्थित देउखुरी उधोग वाणिज्य संघले भोलि साउन १३ गते देखि अनलाइन मार्फत व्यवसायिक कर बुझ्ने भएको छ। संघमा आबद्द भएका सम्पूर्ण व्यवसायीलाई बिहान दश बजे कार्यालयमा आएर कर बुझाउन अध्यक्ष खगेश्वर खनालले आग्रह गरे।

संघले रातोडांडा स्थित आफ्नै कार्यालयबाट व्यवसायी कर बुझ्ने भएपछी व्यवसायीहरुलाई तुलसीपुर कर कार्यालय जानु पर्ने झन्झट हट्ने संघका अध्यक्ष खनालले बताए।

पचास लाख सम्मको कर देउखुरी उधोग वाणिज्य संघले बुझ्ने छ। यो साउनको महिना भरि कर बुझ्ने कार्यक्रम रहने वरिष्ठ उपाध्यक्ष कमल जंग सिंह ठकुरीले बताए। साथै व्यवसायीले कर चुक्ताको प्रमाण समेत पाउनेछन।

यसै कार्यका लागि संघका अध्यक्ष खनाल, वरिष्ठ उपाध्यक्ष कमल जंग सिंह ठकुरी, उपाध्यक्ष केशब राज पोख्रेल, कार्यालय व्यवस्थापक पारस बेलबासे लगायतको टोलीले आन्तरिक राजश्व कार्यालय तुलसीपुर पुगेर कर अधिकृत नारायण रिजालसंग व्यवसायी करका बारेमा जानकारी लिएको छ।

लमही क्षेत्रका व्यवसायी कर बुझाउन कर कार्यालय जाँदा लाग्ने समयको बचत, कोरोना भाइरसको जोखिम, वर्षायामको समय यी सबै समस्या बाट जोगिने उधोग उपाध्यक्ष केशबराज पोख्रेलको भनाई छ।

प्रतिक्रिया

खबर सबै