

थप २ हजार २ सय ३७ जनामा काेराेना पुष्टि, २ हजार ५० जना सङ्क्रमणमुक्त


काठमाण्डाै
पछिल्लो २४ घण्टामा देशभर दुई हजार दुई सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार पाँच सय ६९ जनाको पीसीआर र तीन हजार दुई सय ६५ जनाको एन्टिजेन गरी १३ हजार आठ सय ३४ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो कुल परीक्षणको १६ प्रतिशतभन्दा केही बढी हो । हिजो शनिवारको तुलनामा आज सङ्क्रमणदर केही घटेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ३४ हजार सात सय ९९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ५० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ ।
थप १८ जनाकाे कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार सात सय १३ जना पुगेको छ ।
अहिले नेपालमा २७ हजार दुई सय २८ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ६ सय ६६ जनाको आईसीयू र एक सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया