

सवारी कारवाहीबाट एक करोड राजस्व संकलन

दाङ । दाङ जिल्लामा गत एक वर्षको अवधीमा सवारीका साधन कारवाहीबाट १ करोड भन्दाबढी राजस्व संकलन गरिएको छ ।
एक वर्षमा १५ हजार बढी सवारी साधन कारवाहीमा पर्दा १ करोड भन्दा बढी राजस्व संकलन भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७(०७८ मा १५ हजार ३५ वटा साना ठूला सवारीसाधन कारवाहीमा पर्दा १ करोड १ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
दाङमा सबै भन्दा धेरै कारवाहीमा पर्ने सवारी साधनमा मालवाहक गाडी रहेका छन् । जसमा टिप्पर र ट्रक बढी कारवाहीमा परेका छन् । “सकेसम्म चालकलाई सचेत बनाउँदै ट्राफिक नियम पालना गर्न आग्रह गर्दै आएका छौं तर, नियमको ठाडो उल्लंघन गर्ने जुनसुकै सवारीलाई कारवाही गरेका छौं” ट्राफिक प्रहरी प्रमुख जिसीले भने ।
कोरोना महामारीका कारण यातायात क्षेत्र पूर्णरूपमा सञ्चालनमा आउन नसकेको अवस्थामा पनि सवारीसाधन कारवाहीमा पर्नुका साथै दुर्घटना हुनुले चुनौति थपिएको उनी बताउँछन् । जिल्लामा सडक सञ्जाल थपिने क्रम बढ्नुका साथै तथा सवारी साधनको संख्या पनि थपिँदै गएको छ । पहिले बनाइएका सडकमा सवारीसाधनको चाप बढ्दै गएको तथा कतिपय सवारी चालकले लापरवाही पूर्वक सवारी चलाउँदा कारवाही संख्या बढ्दै जाने मात्रै नभई दुर्घटना पनि हुने गरेको छ ।
दाङका बितेको एक वर्षको अवधिमा २ सय १२ वटा साना ठूला सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटनामा परि ७५ जनाको मृत्युु भएको छ भने ३ सय ७२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक जिसीले जानकारी दिए । सवारीसाधन दुर्घटना हुनुमा सबैभन्दा धेरै चालककै कारण रहेको तथ्यांकले देखाएको छ । जसअन्तर्गत ७१ जनाको मृत्यु हुँदा र ३ सय ४ जना घाइते भएका छन् ।
सवारीसाधनका कारण २ जनाको मृत्यु, ६० जना घाइते भएका छन् । यात्रुकै कारण २ जना घाइते हुँदा सडकका कारण १ जनाको मृत्युु ४ जना घाइते हुँदा प्रतिकुल मौसमका कारण १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका उनले बताए ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सरोकारवाला निकायसँगको सहकार्यमा नियमित रुपमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । तर पनि नियम उल्लंघन गर्ने संख्यामा कमी आउन सकेको छैन । लेन अनुशासनको पालना, सीमित गति, नियमित यान्त्रिक जाँच गरेमा दुर्घटना धेरै मात्रामा कम गर्न सघाउ पुग्ने ट्राफिक प्रहरीको भनाइ छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया