

सकेसम्म माधव नेपालसहितको एकताबद्ध पार्टी बनाउँछौँ: नेता गुरुङ



रासस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीका सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबैलाई एकै ठाउँमा ल्याएर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन् ।
पार्टी निकट युवा सङ्घ नेपाल गण्डकी प्रदेशको आज पोखरामा कार्यालय उद्घाटन गर्दै उनले पार्टी अनुशासन तोडेर हिँडेकालाई पार्टीमा फर्केर गल्ती स्वीकार गरे आममाफी दिइने बताए । उनले भने, “सकेसम्म माधव नेपालसहितको एकताबद्ध पार्टी बनाउँछौँ । त्यसो हुन नसके प्रभाव भएका नेताहरूलाई ल्याएर एमालेलाई नयाँ शिराबाट अघि बढाउँछौँ ।”
एमाले कमजोर हुँदा राष्ट्रिय स्वाधिनता कमजोर हुने र विकास निर्माणलगायतका काममा असर पर्ने भएकाले समेत जनताको चाहनासमेत एकतावद्ध एमाले भएको नेता गुरुङको भनाइ छ । आगामी स्थानीय तह, प्रदेश र सङ्घीय चुनावमा एमालेले एकल बहुमत प्राप्त गर्ने गरी सङ्गठन निर्माण, विकास निर्माण र रुपान्तरणको काममा केन्द्रित हुन युवालाई उनले आग्रह गरे ।
युवासङ्घका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले केपी शर्मा ओली सरकार र प्रदेशमा पृथ्वीसुब्बा गुरुङको सरकारले गरेका राम्रा कामको जनतामा प्रचार–प्रसार गर्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया