

आयरल्यान्डसँगको टी–ट्वान्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्वीप’

काठमाण्डाै
दक्षिण अफ्रिकाले घरेलु टोली आयरल्यान्डसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ ।
डुब्लिनमा गएराति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्रै बनाउन सक्यो ।
आयरल्यान्डका कप्तान एन्डी बलब्रिनीले सर्वाधिक २७ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्डे, लिजाड विलियम्स र मुल्डेरले २/२ विकेट लिए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले ७२ रन र रिजा हेन्ड्रिक्सले ६९ रनको अर्धशतकीय पारी खेले । डेभिड मिलरले अविजित रहँदै ३६ रन जोडे । आयरल्यान्डका सिमी सिंह र बारी म्याककार्थीले १/१ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ३३ र दोस्रो खेलमा ४२ रनले रनले विजयी भएको थियो ।


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया