

सैनामैनामा विद्युतीय गाडी एसेम्बल प्लान्टको प्रक्रिया शुरु



सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय सवारी साधन उत्पादनका लागि एसेम्बल प्लान्ट निर्माण प्रक्रिया शुरु भएको छ । सैनामैना वडा नं ८ र ९ को भड्सीमा करिब १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण हुने भएको हो ।
प्लान्ट निर्माणका लागि नगरपालिकाले सुन्दर ट्रेडर्स प्रालिलाई २५ वर्षका लागि जग्गा लिजमा दिने सम्झौता गरेको छ । सुन्दर यातायातको भगिनी कम्पनी सुन्दर अटो इन्जिनियरिङमार्फत यो प्लान्ट सैनामैनामा स्थापना हुन लागेको हो ।
प्लान्टमा ४९ प्रतिशत सुन्दर अटो इन्जिनियरिङ र ५१ प्रतिशत चिनियाँ कम्पनीको लगानी हुने छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पहिलो चरणमा सुन्दर ट्रेडर्स प्रालिले तीन अर्ब ६० करोड रुपैयाँ लगानी गरी एसेम्बल प्लान्ट निर्माण गर्ने बताए ।
प्लान्टबाट आउंदो फागुन महिनासम्ममा सवारी साधन एसेम्बल हुने र एक वर्षभित्र विक्रि शुरु गर्ने लक्ष्य रहेको कार्कीले बताए । प्लान्टबाट पहिलो वर्ष तीन सयवटा सवारी उत्पादन गर्ने योजना रहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । त्यसपछि आवश्यकता अनुसार हरेक वर्ष उत्पादन बढाउँदै लैजाने र वार्षिक एक हजार सवारी साधन उत्पादन गर्न सकिने उनले बताए ।
विद्युतीय गाडी आयात गरेर चलाउनुभन्दा आफ्नै देशमा एसेम्बल प्लान्ट स्थापना गर्दा सानादेखि ठूला सबै सवारी साधन बनाउन सकिने र एउटा बसमा २० देखि २२ लाख रुपियाँ सस्तो पर्ने थापाले बताए । थापाले एसेम्बल प्लान्ट बनेपछि सवारी साधन बिग्रिँदा वा पार्टपुर्जा चाहिँदा विदेशको मुख ताक्नुपर्ने बाध्यतासमेत अन्त्य हुने प्रालिले जनाएको छ ।
प्लान्टमा तीन सयजनाले रोजगारी पाउने प्रालिले जनाएको छ । एसेम्बल प्लान्टबाट देशभर र छिमेकी देशमा समेत सवारी साधन विक्रि वितरण हुने भएकाले सैनामैनाको आर्थिक विकासमा कोशेढुंगा सावित हुने नगर प्रमुख कार्कीले बताए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया