

ओली नरम हुँदा नेपाल कडा



काठमाडौं
नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन्।
यता सर्वोच्च अदालतले साउन २८ गते प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपाल पक्ष आफ्नो विचार, नीति र विधिको विजय भएको तर्क गर्दै ओलीले गल्ती स्वीकार गर्नुपर्ने अडानमा छ। ओली पक्षको केन्द्रीय कमिटी बैठकमा पार्टी विभाजन रोक्नुपर्ने आवाज मुखर भएपछि ओलीले नेपाल समूहप्रति लचिलो नीति लिएका थिए। उनले पार्टीभित्र देखिएको विद्रोह सम्बोधन गर्ने क्रममा सबै गल्ती कमजोरी माफी मिनाह भएको घोषणा गरेका थिए। ‘उहाँ ९ओली० ले पार्टी एकताकै लागि लचिलो नीति लिनुभएको हो। बैठकले पनि विवाद निरुपण गर्ने, संवाद गर्ने र पहल गर्ने जिम्मेवारी उहाँलाई नै दिएको छ’, प्रवक्ता प्रदीप ज्ञवालीले भने।
ओलीले जारी केन्द्रीय कमिटीको बैठकमा पार्टी एकता बचाइराख्न वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका थिए। त्यसको प्रतिक्रियास्वरुप बिहीबार नेपालले आफू कुनै प्रलोभनमा नपर्ने बताए। त्यसपछि शुक्रबार नेपालले ओलीको आम माफीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै भने, ‘हिजो महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यहरू जतिलाई स्पष्टीकरण सोधिएको छ, उनीहरूलाई आममाफी दिइन्छ। महाराजाधिराज बोल्नुभएको छ। हामी गदगद भयौं। हाम्रा महाराजाधिराज कति खुसी भएछन्, हामीलाई आम माफी दिएछन्, नाच्नुपर्ने भो, खुसी हुनुपर्ने भो।’ नेपालले ओलीप्रति व्यंग्य गर्दै थपे, ‘यही हो कम्युनिस्ट प्रवृत्ति रु स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें, त्यो मैले फिर्ता लिएको छु भन्दिएको भए के हाइट घट्थ्यो रु मर्यादा कम हुन्थ्यो रु’
४३औं पुष्पलाल स्मृतिदिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपालले एकताका लागि आफूले संयम अपनाउँदाअपनाउँदै पनि ओलीमा सुधार नदेखिएको बताए। ‘म त मान्छे सुध्रिएलान् भन्छु, आज सुध्रिन्छन् कि भन्या छ, भोलि सुध्रिन्छन् कि भन्या छ, पुष्पलाल स्मृतिसम्बन्धी चम्पादेवीको कार्यक्रममा मैले मिठोमिठो शब्द मात्र निकालें, एउटा शब्द पनि तलमाथि ननिस्कोस् भन्ने सोचें तैपनि सुध्रने कुरै छैन,’ नेपालले शुक्रबारको कार्यक्रममा भने।
यो समाचार नागरिक दैनिकमा छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया