

कोईलीचौर सामुदायिक बनले रोप्यो ३००० बिरुवा




कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका स्थित वडा नम्बर ९ मा रहेको कोइलीचौर सामुदायिक बनले आज एक कार्यक्रमका बिच आफ्नो बन क्षेत्रमा तिन हजार बिरुवा रोपेको छ ।
सव डिभिजन बन कार्यालय गोरुसिङ्गे तथा डिभिजन बन कार्यालय तैलिहवाले ३००० बिरुवा निशुल्क उपल्ब्ध गराएको बनका कोषाध्यक्ष कुन्तामणि भुसालले बताउनु भएको छ ।
प्राप्त ३००० बिरुवा मध्ये २५०० टिक र ५०० सफेद प्रजातीका बिरुवा रहेका छन् ।
वर्षायमको समयमा हुने भुक्षय संरक्षण, बाढी नियन्त्रणका लागि बोटबिरुवा आवश्यक रहेको हुदाँ पनि बिरुवा अनिर्वाय रुपमा लगाउनु पर्ने भुसालको भनाई रहेको छ ।
लगाइएका तिन हजार बिरुवालाई संरक्षण गर्नका लागि तारबार समेत गरिने कोषाध्यक्ष भुसालको भनाई रहेको छ ।
बनका अध्यक्ष हरिराज घिमिरे, कोषाध्यक्ष कुन्तामणि भुसाल तथा बन समितिका पदाधिकारीहरुले संयुक्त रुपमा बिरुपा लगाएर कार्यक्रमको औपचारीक रुपमा सुरुवात गरेका थिए ।
कार्यक्रममा १०० बढी बन उपभोग गर्ने सदस्यहरुको सहभागिता रहेको थियो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया