

विप्लव र प्रधानमन्त्री देउवाबीच भेट, ओली सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग



काठमाडौं
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। विप्लवले आज अपराह्न प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।
भेटका क्रममा विप्लव र देउवाबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। सो क्रममा विप्लवले केपी ओली सरकारसँग नेकपाले गत फागुन २१ गते तीन बुँदे सहमति गरेको भन्दै उक्त सहमति कार्यान्वयन गर्न माग गरेका थिए।
विप्लवले सहमति अनुसार जेलमा रहेका नेकपाका नेताहरुको रिहाइ गर्नुपर्ने तथा झुठा मुद्दाहरु खारेज गर्नुपर्ने माग गरेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले आफू सो सहमति कार्यान्वयन गर्न सकारात्मक रहेको बताएको भेटमा सहभागी नेकपाका नेताले बताए।
सो अवसरमा नेकपाका प्रवक्ता प्रकाण्ड र केन्द्रीय सचिवालय सदस्य कञ्चन सहभागी रहेका थिए। विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। यसअघि उनले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायतसँग पनि भेट गरेका थिए।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया