
आयल निगमले इआरपी सिस्टम लागु गर्याे

काठमाण्डौँ
नेपाल आयल निगमले आपूर्ति र वितरण प्रणालीलाई सुधार गर्न इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम लागु गरेको छ ।
निगमले एक वर्षको तयारीपछि उक्त प्रणाली लागु गरेसँगै सम्पूर्ण कार्यहरु डिजिटलाइज भएका छन् । यसअघि गत वैशाख ३ गतेदेखि उक्त सिस्टम लागु गर्ने तयारी भएतापनि विभिन्न कारणले गर्दा रोकिएको थियो ।
निगमले २५ करोड रुपैयाँ लगानीमा इआरपी प्रणाली ल्याएको हो । इआरपी प्रणालीबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयाङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुने निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।
उनका अनुसार इआरपीको माध्यमबाट आयल निगमका लेखा, प्रशासन, वितरण, इन्जिनियरिङसहित सातै प्रदेशका डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपोहरु एकीकृत सूचना प्रणालीमा जोडिएका छन् । इआरपी सिस्टम लागु भएसँगै इन्धनको बिलिङ सुरु भएको छ ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया