एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

आजै प्रतिनिधि सभा बैठक बस्दैछ । प्रतिनिधि सभा बैठक अगाडि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो । एमालेले भोलि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

तर स्थायी कमिटी र केन्द्रीय कमिटीमा माधव नेपाल समूह जाने निश्चित छैन । यसअघि शुक्रबार बोलाइएको स्थायी कमिटी बैठकमा माधव नेपाल समूह सहभागि भएको थिएन । बैठक रोक्न माग गर्दै बैठकस्थलमा पुगेका माधव नेपाल समूहका कार्यदलका सदस्य एमाले अध्यक्ष केपी शर्मा ओलीले माग सम्बोधन नगरेपछि बाहिरिएका थिए ।

प्रतिक्रिया

खबर सबै