

१ लाख २२ हजार रुपैयाँसहित १० जना जुवाडे पक्राउ : दाङ

दाङ
प्रहरीले जुवाको खालमा छापा मारेर १ लाख २२ हजार बढी रकमसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका-१३ डुमरगाउँमा रहेका गनबहादुर घर्तीको घरमा जुवा खेलिरहेका भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले १० जना जुवाडेसहित नगद र तासकाे गड्डी नियन्त्रणमा लिएकाे हाे ।
उनीहरुबाट १ लाख २२ हजार ५ सय १० रुपैयाँ नगद र ६ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया