आज बालुवाटार सर्दै प्रधानमन्त्री देउवा

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्।

आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साइतमा देउवा बालुवाटार सर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानीलकण्ठबाट आज बालुवाटार सर्ने भएका हुन्।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बालुवाटार छाडेका थिए।

प्रतिक्रिया

खबर सबै