मन्त्रालयको टुङ्गो लागेपछि मात्रै जसपा सरकारमा जाने

काठमाडौं ।
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष केही दिनपछि मात्र सरकारमा सहभागी हुने भएको छ। राजधानीमा उपलब्ध उपेन्द्र यादवपक्षीय केन्द्रीय कार्यकारिणी सदस्य र सांसदहरूको मंगलवार बालकुमारीमा बसेको बैठकले आजै सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
जसपाका एक कार्यकारिणी सदस्यका अनुसार पार्टीले पाउने मन्त्रालय र संख्या टुंगो लागेपछि मात्र सरकारमा सहभागी हुने निर्णय गरिएको छ।
उपेन्द्र पक्षमा कुल १२ जना सांसद रहेपनि धेरैजसो सांसदहरूले मन्त्री बन्ने आकांक्षा देखाएपछि मन्त्रीको नाम टुंग्याउन सकस परेको छ ।

प्रतिक्रिया

खबर सबै