न्यायाधीशलाई धन्यवाद र देउवालाई बधाई : मशहुद खां नेपाली

कपिलवस्तु

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई १८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश गरेपछि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगर कमिटी तथा राष्ट्रीय मदरसा संघ नेपालले फैसलाको स्वागत गर्दै कार्यकर्ताहरुले एक अर्कालाई मिठाई खुवाउदै खुश्याली मनाएका छन।

राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खां नेपालीले सर्वोच्च अदालतले संविधान र व्यवस्थाको पक्षमा फैसला गरेको बताएका छन् । संविधान बचाउने, परिवर्तन जोगाउने जुन अभियान हामीले चलाएका थियौं । त्यो सफल भएको छ नेपालको सर्वोच्च अदालतले संविधान र व्यवस्थाको रक्षा गरेको तथा न्यायाधीशलाई धन्यवाद र देउवालाई बधाई समेत नेपालीले व्यक्त गरेका छन् । म सम्पूर्ण न्यायमूर्तीहरुलाई पनि धन्यवाद नेपालीले भने ।

नेकपा कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डॉ अब्दुल गनी अलकुफी राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की,तुफेल अहमद खां उक्त खुश्यालीको मौकामा सहभागी रहेका थिए। उपस्थित सम्पूर्णले सर्वोच्चको निर्णयलाई स्वागत गर्दै ओली सरकारले चलेको कदम गलत रहेको सर्वोच्च न्यायालयले साबित गरिसकेको बताउदै जनताको जीतको यस घडीमा खुशी व्यक्त नगरिकन बस्न नसक्ने बताए। गणतन्त्रलाई बचाउन न्यायालयले दिएको न्यायको उक्त दिनलाई न्याय दिवसको रुपमा मनाउन समेत अपिल गरेका छन् ।

सर्वोच्च न्यायालयले दिएको निर्णय अल्पसंख्यक, बहुसंख्यक र सम्पूर्णको लागि हितकारी रहेको र नेपालमा संविधान र न्यायलय माथि जनताले राखेको भरोसा कायम नै रहन सफल भएको समेत जिकिर गरे। केही अराजकतत्वले देशलाई विगर्ना खोजेको तर सर्वोच्च न्यायालयले नेपाल र नेपाली जनताको पक्षमा गरेको फैसलाको स्वागत गर्दै खुशी मनाउन कुनै कसर बाकी नराख्ने संघका राष्ट्रीय अध्यक्ष डॉ अब्दुल गनी अलकुफीले बताउनु भयो।

प्रतिक्रिया

खबर सबै