

भोलि देखि बागमती, गण्डकी र लुम्बिनीमा खोप कार्यक्रम


काठमाडौं
सरकारले भोलि (मंगलबार)देखि तीनवटा प्रदेशमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले भोलि (मंगलबार)देखि नै खोप सञ्चालन गर्ने निर्णय भएको बताए ।
मन्त्रीस्तरीय निर्णय बमोजिम नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मंगलबारदेखि खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।
चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद सम्झौता भएको मध्ये ८ लाख खोप शुक्रबार काठमाडौं आएसँगै सरकारले खोप अभिायन सञ्चालन गर्न लागेको हो । सरकारले ४० लाख खोप खरिदका लागि सिनोफार्मसँग ‘नन किस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत बाँकी खोप ल्याउने सरकारको योजना छ ।
खोपको उपलब्धता बढेसँगै खोप अभियान कार्यक्रमलाई निरन्तरता दिइने र अन्य प्रदेशमा पनि छिट्टै खोप कार्यक्रम सञ्चालन हुने डा. पौडेलले जानकारी दिए ।
खोप भण्डारण शाखा प्रमुख बडेबाबु थापाका अनुसार लुम्बिनी प्रदेशका लागि १ लाख १४ हजार र गण्डकी प्रदेशका लागि १ लाख १२ हजार खोप पठाइसकिएको छ । यसैगरी बागमती प्रदेशको मकवानपुर, सिन्धुली र चितवनका लागि ८२ हजार डोज खोप हेटौंडा पठाइएको उनले बताए ।
‘भोलिबाट खोप कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने काम भइसकेको छ । खोप सञ्चालनका लागि कहाँ कति वटा सेन्टर राख्ने भन्ने कुरा प्रदेश र जिल्लास्तरीय खोप समन्वय समितिलाई नै निर्णय गर्ने अधिकार दिएका छौं,’ डा. गौतमले भने ।
भेरोसेल खोप क–कसले पाउँछन् ?
डा. पौडेलका अनुसार भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथिका उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई दिइने छ ।
विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने उनले बताए ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया