

सर्वोच्चको परमादेशले ओली बहिर्गमनको बाटो खुल्यो : राष्ट्रिय जनमोर्चा



काठमाडौं
राष्ट्रिय जनमोर्चा नेपालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सोमबार सुनाएको फैसलाले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनका लागि बाटो खुलेको बताएको छ ।
सोमबार राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विघटित संसदको पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनी सर्वोच्च अदालतद्वारा आज जारी गरिएको उत्प्रेषणयुक्त परमादेश सहितको फैसलालाई राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ ।’
यस्तै केसीले देशमा उत्पन्न राजनीतिक समस्याका लागि प्रधानमन्त्री केपी शर्मा ओली नै मुख्य दोषी भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘ओलीका कारण गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षतामाथि खतरा उत्पन्न भएको छ ।’
पुनर्स्थापित संसदका विरुद्ध ओलीले गर्न सक्ने सम्भावित षड्यन्त्रका विरुद्ध सतर्क रहन तथा आवश्यक परे संघर्षमा उत्रनका लागि विपक्षी गठबन्धनलाई जनमोर्चाले आग्रह गरेको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया