

स्वास्थ्य चौकीमार्फत कोरोना खोप लगाउन भलवाडका राजनितिक दलहरुको माग



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित सात राजनैतिक दलहरुले कोभिड खोपको सहज उपलब्धता गराउन र सडक पुर्वाधार निर्माणमा गम्भिर बन्न आग्रह गर्दै बाणगंगा नगरपालिका र सडक डिभिजन कार्यालयमा सामुहिक ज्ञापनपत्र बुझाएका छन् ।
भलवाड स्थित प्रमूख राजनितिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टीका पार्टी अध्यक्षहरुले सामुहिक रुपमा सो ज्ञापनपत्र सोमबार बुझाएका हुन ।
बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारु समक्ष ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस वडा नम्बर ९ का सभापति दिपक कुमार थापाले नगरपालिकको केन्द्रबाट सबैभन्दा टाढा रहेको भलवाडमा कोरोना विरुद्धको खोप कार्यक्रम पुग्न नसक्दा जेयष्ठ नागरिकहरु देखि सर्वसाधारणहरुले सास्ति खेप्नुपरेको बताउनुभयो । नगरपालिकाले राजमार्ग केन्द्रित खोप अभियान संचालन गर्दा ग्रामिण क्षेत्रका नागरकहरु प्रति नगरपालिका उदासिन बनेको भन्दै तत्काल वडामा स्थापित स्वास्थ्य चौकीमार्फत कोरोना खोप उपलब्ध गराउन माग गर्नुभएको छ ।
यस्तै नेकपा एमालेका नेता कमल बेल्वासेले नगरपालिकाले पिपरा र मोतिपुरमा मात्रै खोप केन्द्र बनाउँदा नगरपालिकाका आम नागरिकहरुको पहुँचमा खोप सेवा नपुग्नु दुःखद रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति दिपक कुमार थापा सँगै नेकपा एमालेका नेता कमल बेल्वासे, माओवादी केन्द्रका भविश्वर भुषाल, जसपा नेपालका राधा खनाल, राप्रपाका थमनसिंह थापा, राष्ट्रिय जनमोर्चाका कमल पोख्रेल, नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष राजु खड्का सहितको राजनितिक दलहरुको टोलीले नगरपालिकाका मेयर मंगल थारुलाई ज्ञापन पत्र बुझाएका हुन । यस्तै संयुक्त ज्ञापन पत्रमा जसपा नेपालका केन्द्रिय सदस्य नारायण खनाल र राप्रपाका केन्द्रिय सदस्य धु्रव रायमाझीले पनि हस्ताक्षर गर्नुभएको छ ।
तीनै तहका सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरु यस प्रकारको महामारीबाट जनताको स्वास्थ्यको सुरक्षा गर्ने प्रश्नमा उदाशिन देखिएका छन् । देश भित्र विभिन्न देशबाट प्राप्त कोभिडको खोप सरकारको उच्च तहमा रहेका र पहुँचवालाहरुले लगाई सकेको समाचारहरु प्रकाशित भएपछि आम नागरिकहरु चिन्तित बन्दै गइरहेका छन्, सात राजनितिक दलहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
यस नगरपालिकाले पहिलो चरणमा सरकारी कर्मचारी र हाम्रो चरणमा जेष्ठ नागरिकहरुका निम्ती स्थानीय स्वास्थ्य चौकी मार्फंत कोभिडको भ्याक्सिन लगाएको भए पनि पछिल्लो पटक नगरपालिकाले तोकेको÷सुनिश्चित गरको स्थानमा कर्मचारी कर्मचारी र जेष्ठ नागरिक पुगेर खोप लगाउनु पर्ने निर्देशन जारी गर्नुले प्रथमत आम सर्वसाधारण नागरिकहरुका निम्ती धेरै टाढा भएको, दोस्रो सिमित सवारी साधन, त्यो पनि दोब्बर भाडाले खर्चिलो भएको तेस्रो आवत–जावत र समुहमा यात्रा गर्नु पर्दा स्वास्थ्यका दृष्टीकोणले आम नागरिकले आफैले आफैलाई असुरक्षित महशुस गरिरहेको सम्बन्धमा उक्त खोप अविलम्ब ÷तत्काल स्थानीय स्वास्थ्य चौकी मार्फत लगाउने कुराको प्रबन्ध गरियोस भन्नका निम्ती हामी स्थानीय स्तरमा कृयाशिल तपशिलका राजनैतिक दलहरु यो ज्ञापनपत्र पेश गर्दछौँ । ज्ञापनपत्रमा भनिएको छ ।
यस्तै राजनितिक दलहरुले भलवाडमा गत एक वर्ष देखि निर्माण भईरहेको बनगाई डोहोटे सडक खण्ड अन्र्तगतको चौवाह पडरिया सडक निर्माणमा त्रुटि भईरहेको प्रति पनि मेयर थारुलाई ध्यानाकर्षण गराएका छन भने सडक डिभिजन कार्यालय शिवपुर चन्द्रौटालाई पनि ज्ञापनपत्र पेश गरिएको राजनैतिक दलहरुले जानकारी दिएका छन् ।
सडक निर्माणको काम सकिएको निर्माण कम्पनीले जनाएसँगै भलवाडका राजनितिक दलका नेताहरुले संयुक्त रुपमा सडको गुणस्तरीयता माथि गम्भिर लापरवाही भएको भन्दै आफुहरुको ध्यानकर्षण भएको उल्लेख गरेका छन् ।
ठेकेदार कम्पिनीले बारम्बारको आग्रहका बावजुत पनि समयमा काम पुरा नगरेको भन्दै उक्त सडकको गुणस्तरियतामा प्रयाप्त जोड नदिएको दलाहरुको ठम्याई छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया