अब, हाम्रो गठबन्धन लामै यात्रामा दौँडिन्छ : प्रचण्ड

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारको सर्वाेच्च अदालतको फैसलाको स्वागत गर्दै गठबन्धनको यात्रा सरकार गठनमा मात्र नभएर लामै यात्रा दौँडिने बताएका छन् ।

पटक पटक गरिएको संसद् विघटनलाई बचाउने प्रधानन्यायाधीश र न्यायाधीशलाई धन्यवाद टक्राउँदै उनले अबको गठबन्धनको यात्रा निकै लामो रहेको बताए ।

उनले भने, ‘गठबन्धनको सरकारमात्र होइन त्यो भन्दा निकै पर जान्छौँ । चुनाव र जनताको विकास निर्माण यात्रालगायत लामै यात्रामा जान्छौँ ।’

साथै, सर्वाेच्चको फैसलालाई इतिहासकै एउटा महत्वपूर्ण परिघटना भएको पनि अध्यक्ष प्रचण्डले भने ।

प्रतिक्रिया

खबर सबै