मुख्यमन्त्री शेरधन राईले भने : मुलुक अस्थिरता तर्फ धकेलियो

काठमाडौं

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वोच्च अदालतको फैसलाले मुलुकमा गम्भीर संकट उत्पन्न भएको बताएका छन्। यस्तै, उनले अब मुलुक अस्थिरतातर्फ धकेलिएको समेत बताएका छन्।

सर्वोच्च अदालतले आज प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। यसैमा प्रतिक्रिया जनाउँदै राईले सर्वोच्चको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीको मूल मर्ममा नै नाङ्गो प्रहार भएको बताएका हुन्।

 

 

प्रतिक्रिया

खबर सबै