वर्षमान पुनले भने देशले अब फेरि–फेरि ओलीतन्त्र व्यहोर्नु पर्दैन

काठमाडौं

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अब देशले ओलीतन्त्र फेरि व्यहोर्न नपर्ने बताएका छन्।

सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि उनले फेसबुकमा लेखेका छन्, ‘संविधान, लोकतन्त्र र शान्तिका लागि न्यायालयको ऐतिहासिक फैसला। अब देशले ओलीतन्त्र फेरि-फेरि व्यहोर्नु पर्नेछैन।’

उनले प्रधानन्यायाधीश र संवैधानिक बेन्चका न्यायमूर्तिहरूलाई धन्यवादसमेत दिएका छन्।

प्रतिक्रिया

खबर सबै