

सहमतिमा संयुक्त सरकार पनि बन्न सक्छ : घनश्याम भुसाल



काठमाडौं
नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सर्वोच्च अदालतको फैसलाले संसद् र संविधान जोगिएको बताएका छन् ।
सर्वोच्चले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ ।
‘पटकपटक संसद् विघटन गर्नु एमालेको गल्ती थियो । अब गल्ती नदोहोर्याउने प्रतिवद्धता गर्नुछ’, भुसालले भने । संसद् र संविधान रक्षा गर्नु महत्वपूर्ण भएकाले गम्भीर बनेर थप निर्णय गरिने उनले बताए । ‘हाम्रो मुलुकको स्वतन्त्रतता, स्वाधीनता र हाम्रो आन्दोलन जोगाउन संविधानको रक्षा जरुरी छ’, भुसालले भने ।
संविधान कार्यान्वयनका क्रममा पार्टीले ठूलो क्षति बेहोर्नु परेको उनले बताए ।‘संसद् जोगाउने हाम्रो कदम राजनीतिक रुपमा सही थियो । अहिले पार्टीलाई एकताबद्ध गर्ने निर्णय गरेका छौं, यो पनि सही छ’, भुसालले भने ।
संसद् र संविधान जोगाउन अब छलफल चलाउने भुसालले बताए ।
‘कांग्रेस, माओवादी, उपेन्द्रजीहरुसँग पनि छलफल गर्छौं । सहमतिमा संयुक्त सरकार बन्न पनि सक्छ’, भूसालले भने । अदालतको फैसला पछि सरकार बनाउनेबारे अनेक विकल्प रहेको उनले बताए ।
‘हामी बाहेकको सरकार पनि बनाउन सक्नुहुन्छ’, भुसालले भने । सबै दलको संयुक्त सरकार पनि बन्न सक्ने उनको भनाइ छ । यस बाहेक एमालेबाहेकका दलहरुले पनि सरकार बनाउन सक्ने भुसालले भने ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया