

रोनाल्डोले जिते गोल्डेन बुट, गोलरक्षक डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी



एजेन्सी ।
पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका छन् । १६ औं संस्करणको युरोकप फुटबलमा सर्वाधिक गोल गर्दै उनले गोल्डेन बुटको अवार्ड हात पारेका हुन् ।
रोनाल्डोले प्रतियोगिता अवधिभर ५ गोल गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् ।
चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।
युरोकपको उपाधि भने इटालीले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि चुमेको हो ।
गोलरक्षक डोनारुम्मा सर्वोत्कृष्ट
इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा युरो कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । यूईएफए युरो २०२० को प्राविधिक समितिले उनलाई सर्वोत्कृष्ट खेलाडी चुनेको हो ।
२२ वर्षीय डोनारुम्माले फाइनलमा सानदार प्रदर्शन गरेपछि इटालीले दोस्रो पटक युरोको उपाधि जितेको थियो । टाइब्रेकरमा इटालीले जित हासिल गर्दा उनले २ प्रहार रोकेका थिए ।
डोनारुम्माले सेमिफाइनलमा स्पेन र फाइनलमा इंग्ल्यान्डविरुद्ध टाइब्रेकरमा निर्णायक भूमिका खेलेका थिए । उनले व्यक्तिगत र टोलीको महत्त्वपूर्ण सदस्यको रुपमा गरेको प्रदर्शनलाई आधार मान्दै प्राविधिक समितले उनलाई उत्कृष्ट खेलाडीमा चुनेको हो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया