

क्यानडामा अत्यधिक गर्मी, पाक्न थाले समुद्री जीव

क्यानडामा अत्यधिक गर्मीका कारण समुद्री जीवहरु पाक्न थालेका छन्। वैज्ञानिकहरुले क्यानडाको गर्मीलाई विनाशकारी भनेका छन् जसका कारण समुद्री जीव मसेल्स, क्लाम्स र अन्य सेलफिसहरु पाकेको सीएनएनले उल्लेख गरेको छ।
विशेषगरी समुद्रको किनारमा बस्ने जीवहरु गर्मीले पाकेर मरेका हुन्। पश्चिमी क्यानडामा गत जुन २६ देखि २८ सम्म अत्यधिक तापक्रम मापन गरिएको थियो।
त्यहाँ जुन २६ मा ९८.६ डिग्री सेल्सियस, २७ तारिखमा ९९.५ र २८ तारिखमा १०१.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।
यही गर्मीका कारण हजारौं जीवहरु मरेको बताइएको छ। युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियास्थित प्राणीविज्ञान विभागका प्राध्यापक क्रिस्टोफार हार्लीका अनुसार उनले अनगिन्ती कुहिएका जीवहरु कितसालानो किनारमा भेटेका थिए। जलवायु परिवर्तनका कारण वैश्विक तापक्रम यसरी नै बढिरहे यस्ता घटना वर्षैपिच्छे दोहोरिने र मानव अस्तित्व नै संकटमा पर्ने वैज्ञानिहरुको चेतावनी छ।
क्यानडामा अत्यधिक गर्मीका कारण सयौं मानिसले ज्यान गएको समाचारहरु नै आएका थिए। विश्वभरका देशले जलवायू परिवर्तनलाई रोक्ने प्रयास थाल्नुपर्ने विज्ञहरुको सुझाव छ।सीएनएन


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया