

अमेरिकाले अनुदानमा दिएको खोप भोली काठमाडौं आइपुग्दै

काठमाडौं
अमेरिकाले कोभ्याक्स अन्र्गत अनुदान स्वरूप नेपालका लागि दिने १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीका सल्लाहाकार राजन भट्टराईले ट्विट गर्दै सोमबार आइपुग्ने कुराको जानकारी गराएका हुन्।
उनले खोप कोभ्याक्समार्फत अनुदानमा दिइने खोप अमेरिकाले पठाउन लागेको ट्विटमा उल्लेख गरेका छन्। अमेरिकाले जोनसोन एण्ड जोनसोनको खोप नेपालका लागि उपलब्ध गराएको हो। यो खोप एक डोज मात्र लगाएमा कोभिड १९ विरुद्ध काम गर्ने भएकोले खोप लाभदायी भएको परिवार कल्याण समितिले जनाएको छ।
सल्लाहाकार भट्टराईले नेपालमा कोभिडसिल्डको पहिलो डोज खोप लिएर दोस्रो डोजको पर्खाइमा रहेका करिब १४ लाख जनसंख्याका लागि पनि खोप छिट्टै उपलब्ध गराउने स्थिति रहेको बताए। उनले नागरिकसँगको कुराकानीमा खोप उपलब्ध गराउने कम्पनी सकरात्मक रहेकाले दोस्रो डोज छिट्टै दिन सकिने स्थिति रहेको बताए। उनले भने, ‘खोप दिने मुलुकहरूबाट सकरात्मक कुरा आएको छ, दोस्रो डोज पनि छिट्टै पाउनेछन्,’ उनले भने। तर खोप कुन मुलुकले कति दिने हो भन्नेबारेमा खुलाउन चाहेनन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले पनि कोभिडसिल्डको दोस्रो डोज खोप आउने बताए। मन्त्री श्रेष्ठले पनि कुन देशबाट कति आउने भन्नेबारेमा खुलाउन चोहनन्। उनले भने, ‘सन् २०२१ भित्रैमा नेपालका बहुसंख्यक जनताले खोप लगाइसक्ने छन्’। प्रधानमन्त्रीका निजी सल्लाहाकार भट्टराईले विभिन्न मुलुकसित खोप लिने प्रयास भएको र केही मुलुकहरू नेपाललाई खोप उपलब्ध गराउन सकरात्मक भएकाले अबको खोप अभियान निरन्तर चलिरहने बताए। ‘अब खोप अभियान बीचमा रोकिने स्थिति छैन, हामीलाई केही देशहरू समयमै खोप दिन तयार छन्,’ उनले भने।
तर खोप दिने मुलुकहरूले हामीलाई खोप नेपालमा पुग्नु अघि जानकारी नदिने सर्त राखेका छन्,’ उनले भने। विश्व बजारमा खोप उत्पादक मुलुकमा खोप माग गर्ने मुलुकहरू बढी भएकोले उत्पादक देशबाहिर खोप बिक्री वितरण गर्दा अप्ठेरो परिरहेको भट्टराईको भनाइ छ। नागरिक दैनिकबाट


खबर सबै
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो









प्रतिक्रिया