

कोपा अमेरिका : सर्वाधिक गोलकर्ता मेसी, मार्टिनेज उत्कृष्ट गोलकिपर





एजेन्सी
अर्जेन्टिनाको कप्तान लिओनल मेसी कोपा अमेरिका फुटबल २०२१ को सर्वाधिक गोलकर्ता बनेका छन् । ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेसीले ४ गोल गरे ।
कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर मेसीले ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरेकाले मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।
साथै अर्जेन्टिनाका एमिलियानो मार्टिनेज कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपर घोषित भएका छन् । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्दा गोलकिपर मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
आज बिहान भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा १-० ले हराउँदै उपाधि जित्दा मार्टिनेजले क्लिनसिट राखे । उनले कोपामा कूल ६ खेल खेल्दा ४ क्लिनसिट राखे । सेमिफाइनलमा कोलम्बिया विरुद्ध पेनाल्टीसुटआउटमा अर्जेन्टिनाले जित हात पार्दा मार्टिनजेल ३ पेनाल्टी रोकेका थिए ।
चिली विरुद्धको पहिलो खेलमा उनले अर्टुरो भिदालको पेनाल्टी रोकेका थिए ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया